logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • नेता र कलाकारहरुबीच मैत्रीपूर्ण फुटबल

    नेता र कलाकारहरुबीच मैत्रीपूर्ण फुटबल

    3K
    Shares
    नेता र कलाकारहरुबीच मैत्रीपूर्ण फुटबल

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकारहरु मिलेर फुटबल खेलेका छन् । आयोजक युवा संघको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल भएको हो ।

    उक्त मैत्रीपूर्ण फुटबलमा नेकपा एमालेका नेताहरु महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रामप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

    त्यस्तै कलाकारको तर्फबाट गायक बद्री पंगेनी, अभिनेता धिरेन शाक्य र हास्य कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बिसी, गायिका रचना रिमाल लगायतको उपस्थिति रहेको थियो । युवा संघले फागुन ११ देखि केपी ओली कप राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्दैछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend