आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रपतिको निर्वाचनबारे माओवादी केन्द्रमा दुई धार

राष्ट्रपतिको निर्वाचनबारे माओवादी केन्द्रमा दुई धार

काठमाडौं । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित हुनुपर्ने बहस र चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रमा भने दुई धार देखिएका छन्। माओवादी केन्द्रको एउटा समूहले यही गठबन्धनभित्रबाटै राष्ट्रपति बनाउनुपर्ने बताइरहँदा अर्कोले दलविहीन व्यक्तिलाई बनाउनुपर्नेमा जोड दिइरहेको छ। माओवादी केन्द्रका केही नेता आगामी निर्वाचन र वाम गठबन्धनलाई समेत ध्यान दिएर एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन्। जिल्लाजिल्लाबाट पनि एमालेसँगको सहकार्य गर्ने तर झुकेर नभई एमालेकै व्यक्तिलाई राष्ट्रपति बनाए पनि सबै दलको भावना बुझ्नेलाई ल्याउनुपर्ने सुझाव आइरहेको बताइएको छ।

‘अहिलेको अवस्थामा वामपन्थी दलहरूबीचको सहकार्य र समन्वय आवश्यक देखिन्छ। राष्ट्रिय हितलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ। राष्ट्रपति भएपछि एक दललाई होइन, सबै दलको भावना समेट्नुपर्छ भन्ने आवाज आएको छ। त्यसले गर्दा राजनीतिक दलभन्दा माथिको व्यक्तिलाई समर्थन गरेर जान सकिन्छ भन्ने धारणा पनि आएको छ। अर्थात्, राष्ट्रपतिबारे दुवै कोणबाट छलफल हुँदैछ,’ माओवादी केन्द्रका एक उच्च नेताले भने। ती नेताका अनुसार सबैको सुझाव लिएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको विषयलाई अघि सारेका हुन्।

माओवादीका स्थायी कमिटी सदस्यहरूले अहिलेको अवस्थालाई मात्रै ध्यान दिने नभई पार्टीलाई भोलिका दिनमा पनि बचाएर लैजान वामपन्थी शक्तिहरूबीच नै सहकार्य गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छन्। सहकार्य र गठबन्धन फेरिरहँदा जनमानसमा राम्रो सन्देश नजाने र एमालेलाई बाहिर राखेर वाम गठबन्धन वा सहकार्य गर्दा पनि एमालेभन्दा ठुलो हुने अवस्था नभएकाले एमालेलाई चिढ्याउनेभन्दा फकाउने नीतिमा गए परिस्थिति अनुकूल हुन सक्ने सुझावसमेत आएको माओवादीका ती पदाधिकारीको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend