logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो

    मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो

    1.9K
    Shares
    मोलुङ हाइड्रोपावरको आईपीओ खुल्यो

    काठमाडौँ । मोलुङ हाइड्रोपावरले आज बिहीबार फागुन ४ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।

    कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

    आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend