काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई मुम्बइ लगिने भएको छ । उनलाई आज (बिहीबार) दिउँसो २ बजेपछि श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको हो ।
बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । हाल कीर्तिपुर अस्पतालमा उपचाररत भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।
सांसद भण्डारीकी आमाको भने बिहीबार विहान कीर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।