logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शेयर बजार २१.१५ अंकले घट्यो

    शेयर बजार २१.१५ अंकले घट्यो

    2.8K
    Shares
    शेयर बजार २१.१५ अंकले घट्यो

    काठमाडौं । बिहीबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७० बिन्दुमा आएर रोकिएको छ ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७० अङ्कले घटेर ३९६.४४ विन्दुमा पुगेको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब रुपैयाँ ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा रहेको छ। यसको आज ५ करोड ३८ लाखभन्दा बढीको कारोबार भएको छ।

    यसैगरी अपी हाईड्रोपावरको ५ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ । बिहिबारको कारोबारमा सबै उपसुचकहरुमा आरालो लागेको छ। यसैगरी सानिमा ठूलो क्याप कोषको सेयर कारोबार ७.६५ प्रतिशतले बढेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend