सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

म माथि राजनीतिक प्रतिशोध साँधियो : सांसद चौधरी

म माथि राजनीतिक प्रतिशोध साँधियो : सांसद चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । आइतबार प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी भाएर कैदमुक्त भएका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका हुन् ।

‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो,’ उनले भने । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई करिब १२ वर्ष पहिले ट्याक्टर जलाएको अभियोगमा अदालतले छ महिना कैद र जरिवाना सजाए सुनाएको थियो । उनलाई अदालतले तोकेको कैद भुक्तानका लागि पक्राउ गरी कारागार चलान गरिएको थियो । सांसद चौधरी १८ दिनको जेल बसाइँपछि आम माफी पाएर रिहा भएका हुन् ।

आममाफी दिएकामा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई उनले धन्यवाद पनि दिए ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend