सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नागरिक उन्मुक्ति पार्टीले माग्यो लाल आयोग प्रतिवेदनबारे प्रधानमन्त्रीको धारणा

नागरिक उन्मुक्ति पार्टीले माग्यो लाल आयोग प्रतिवेदनबारे प्रधानमन्त्रीको धारणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक/पटक ध्यानाकर्षण गराउँदासमेत प्रधानमन्त्रीबाट धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने ।

विगतमा पनि यस्तो माग गर्दै आएको र प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको बताए । ‘त्यसैले गर्दा अब हामी बाध्य हुनेछौं सदन विरुद्ध । आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend