आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

परराष्ट्रमन्त्री पौड्याल स्वीट्जरल्याण्ड जाँदै

परराष्ट्रमन्त्री पौड्याल स्वीट्जरल्याण्ड जाँदै

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आफ्नो मन्तब्य राख्नु हुँदै। तस्बिरः किरणराज विष्ट,रासस

काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार स्वीट्जरल्याण्ड जाँदैछिन् । जनेभा जानुअघि आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहेको बताए ।

उनले भनिन्, ‘हामीले यो क्षेत्रमा गरेको प्रगति दर्शाउनुपर्नेछ ।’

उनका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते फर्किने कार्यक्रम छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend