logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

    वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

    2.9K
    Shares
    वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

    कर्णाली । कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक सय १२ अग्निनियन्त्रक खटाउन लागेको हो ।

    कर्णाली प्रदेश वन निर्देशनालयको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक कार्यक्रमअनुसार वन डढेलो नियन्त्रण दस्तानिमार्णका लागि प्रदेशका दश वटै जिल्लामा अग्निनियन्त्रक भर्ना गरी खटाइने छ । उनीहरुले ९० दिनसम्म वनमा डढेलो हुनबाट जोगाउन काम गर्नेछन् ।

    निर्देशनालयका अनुसार सुर्खेतमा २४, सल्यानमा १६, जुम्ला, दैलेख र जाजरकोटमा १२/ १२, रुकुम पश्चिममा आठका साथै कालीकोट, हुम्ला, मुगु, र डोल्पामा भने सात/साता अग्नि नियन्त्रक खटिने छन् । निर्देशनालयका निर्देशक गोविन्दप्रसाद दाहालले आगलागीको जोखिम बढ्दै गएको र चैत, वैशाख तथा जेठमा आगलागीका घटना बढ्ने भएकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यमा जोड दिइने बताए ।

    उनले अग्नि नियन्त्रकलाई आवश्यक तालिम दिएर सुरक्षा सामग्रीसहित परिचालन गरिने जानकारी दिए । चैत, वैशाख र जेठमा कर्णालीमा वन डढेलोका घटनाले जनधनको क्षति हुनसक्ने भएकाले न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend