आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

उदयपुरबाट लागुऔषधसहित २ जना पक्राउ

उदयपुरबाट लागुऔषधसहित २ जना पक्राउ

उदयपुर । प्रहरीले जिल्लाको ताप्ली गाउँपालिकाबाट लागुऔषसहित २ जनालाई पक्राउ गरेको छ ।

सोमबार ताप्ली गाउँपालिका–१ देबरेबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५४ वर्षीय ईन्द्रबहादुर शाही र ५८ वर्षीय शेर बहादुर सेन रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले शाहीको घरबाट करिब १५ केजी र सेनको घरबाट करिब २० केजी गाँजा बरामद गरिएको बताइएको छ । पक्राउ परेका शाही र सेनमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend