काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।
तर विदेशबाट फर्किएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौँलाई जानकारी भने गराउनुपर्ने आदेशमा उल्लेख छ ।