आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जन्ती बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते

जन्ती बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते

पर्सा । पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend