logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

    सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

    4.9K
    Shares
    सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

    कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

    निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते संघ/संगठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ ।

    चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोके अनुसार हुने सक्ने सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
    चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।

    334932390_929298078104091_534563645505827104_n


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend