आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट : ४ जनाको मृत्यु, ९ जना घाइते

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट : ४ जनाको मृत्यु, ९ जना घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडी बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु हुनाको साथै अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले बताएअनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो ।

विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताए । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend