logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    2.4K
    Shares
    कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

    काठमाडौं । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा प्रदेश ३–०२–००९प ७००६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका बालाको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा गए राति मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य एक महिलाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend