logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ जाँदैछ : प्रधानमन्त्री प्रचण्ड

    विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ जाँदैछ : प्रधानमन्त्री प्रचण्ड

    2.1K
    Shares
    विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ जाँदैछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ जान थालेको बताएका छन् । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रचण्डले ग्रिन इजर्नीबाट ग्रिन हाइड्रोजनतर्फ जाने उपयुक्त अवसर भएको बताए ।

    ‘विश्व ग्रिन इनर्जीबाट ग्रिन हाइड्रोजनतर्फ नयाँ युगतिर विश्व जाँदै छ । तपाईँहरू सबैलाई थाहा छ यो ग्रिन इजर्नीबाट ग्रिन हाइड्रोजन बनाउने सवैभन्दा उपयुक्त अवसर हो’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    त्यस क्रममा प्रधानमन्त्रीले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको पनि बताए । आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको पनि प्रधानमन्त्रीले जनाए ।

    ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत् प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईँले प्रधानमन्त्रीको रूपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    उनले नेपालले भारतमा मात्रै नभएर वंगलादेशमा समेत नेपालले विद्युत् निर्यात गर्ने भन्दै विकसित देशहरुमा हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रूपमा बढिरहेको र नेपालमा हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको पनि बताए ।

    ‘हामी ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश हो भने यो इनर्जीलाई हाइड्रोजनमा र हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई हामी किन अगाडि नबढाउने ?’ प्रचण्डको प्रश्न छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend