logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रापप्रा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

    रापप्रा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

    1.6K
    Shares
    रापप्रा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

    राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

    ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारवाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।

    आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निक्र्यौल गर्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend