logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच राजनीतिक घटनाक्रमबारे छलफल

    प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच राजनीतिक घटनाक्रमबारे छलफल

    2.1K
    Shares
    प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच राजनीतिक घटनाक्रमबारे छलफल

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रमचन्द विप्लवबीच भेट भएको छ। उनीहरूबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बुधबार बिहान भेट भएको हो । भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने धारणा राखेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले तीन बुँदे सहमतिअनुसार कामहरू अगाडि बढाउने जवाफ दिएको सचिवालयले जनाएको छ । भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसमेत थिए ।

    अदातलमा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा दर्ता भएपछि माओवादी घटकको निकटता बढ्दै गएको छ । आइतबार माओवादी घटकका दल एउटै मञ्चमा देखिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend