जुम्ला। नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क जुम्ला पुगेकी छन् । भोल्क पतराशी गाउँपालिका पुगेको तस्बिर अस्ट्रेलियन दूतावासले सामाजिक सञ्जालमा राखेको छ ।
दूतावासले जनाएअनुसार भोल्कले पतराशीमा रहेका कृषि व्यवसायी महिलाहरुसँग भेटघाट गरेकी हुन् । अस्ट्रेलिया सरकारले महिला कृषि व्यवसायीहरुका लागि तालिम तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
परिवारमा बढीभन्दा बढी आम्दानी भए बढीभन्दा बढी बालबालिका विद्यालय पुग्ने लक्ष्यसहित सहयोग गरिएको दूतावासले जनाएको छ ।