logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • पातारासीका आलु किसानलाई राहत

    पातारासीका आलु किसानलाई राहत

    2.2K
    Shares
    पातारासीका आलु किसानलाई राहत

    जुम्ला । सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो ।

    सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने गाउँमै प्रतिकेजी रू २५ मा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताइन् ।

    घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । “सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको छ उपाध्यक्ष रोकायाले भनिन्, “यहाँको आलु सुर्खेतलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ ।”

    पालिका अन्तर्गत सातवटै वडामा आलु उत्पादन हुन्छ । चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा सङ्कलन गरिन्छ भने हिँउदमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ । अहिले पातारासीका रिनी, पठमारा, बाँता गाउँबाट मात्र आठ सय क्विन्टल आलु बाहिरी जिल्लामा पठाइएको उपाध्यक्ष रोकायाले जानकारी दिइन् ।

    आलु जोनले समेत पातारासीबाटै बिउ मगाउने गरेको हिमालयन बहुउद्देश्यीय सहकारीका बजार व्यस्थापक राजेन्द्र बुढाले जानकारी दिए । सहकारीले आलुको अग्र्यानिक ब्राण्ड नै दर्ता गरेको छ ।

    पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु सङ्कलन केन्द्र स्थापना गरिएको हिमालयन बहुउद्देश्यीय सहकारीले जनाएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर दुई हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ । आलु उत्पादनको ६० प्रतिशत हिस्सा पातारासी गाउँपालिकाले मात्रै ओगटेको छ । यहा उत्पादन हुने आलुको ५० प्रतिशत आलु बाहिर जिल्लामा बिक्री हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend