logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • बैतडीमा आगलागीबाट १२ लाखको क्षति

    बैतडीमा आगलागीबाट १२ लाखको क्षति

    2.1K
    Shares
    बैतडीमा आगलागीबाट १२ लाखको क्षति

    बैतडी । बैतडीमा आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ। मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो।

    विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। आगलागी लगत्तै स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए।

    आगलागीबाट हिटर, सोलार, तारलगायत विद्युतीय सामान जलेर नष्ट भएपछि पसल सञ्चालक भण्डारीले राहतका लागि इलाका प्रहरी कार्यालय मेलौलीमा निवेदन दिएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend