सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

संयुक्त राष्ट्रसङ्घद्वारा इरान–साउदी अरेबिया सम्बन्ध पुनः शुरु गर्ने सम्झौताको प्रशंसा

संयुक्त राष्ट्रसङ्घद्वारा इरान–साउदी अरेबिया सम्बन्ध पुनः शुरु गर्ने सम्झौताको प्रशंसा

एजेन्सी। संयुक्त राष्ट्रसङ्घले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनःशुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ ।

‘म महासचिवको तर्फबाट साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीनको संयुक्त त्रिपक्षीय समझदारीलाई स्वागत गर्न चाहन्छु, जसले आज बेइजिङमा इरान र साउदी अरेबियाबीच भएको सम्झौतालाई पुनःशुरु गर्ने घोषणा गरेको छ र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पूर्ववत् रुपमा अगाडि बढ्ने छ ।’ संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा बताएका छन् ।

ओमान र इराकजस्ता अन्य देशले गरेको प्रयासको प्रशंसा गर्दै उनले भने, ‘महासचिवले हालैको वार्ताको आयोजना गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभएको छ ।’ खाडी क्षेत्रको स्थायित्वका लागि इरान र साउदी अरेबियाबीचको ‘असल छिमेकी सम्बन्ध’लाई ‘आवश्यक’ भनी वर्णन गर्दै डुजारिकले महासचिव ‘क्षेत्रीय वार्तालाई अझ अगाडि बढाउन र दिगो शान्ति र सुरक्षा सुनिश्चित गर्न’ तयार रहेको बताएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend