logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

    हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

    1.7K
    Shares
    हेटौँडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौं । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश०३–००१च ६९४३ नंको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

    उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । महिलाको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend