logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी नेता खगराजकाे प्रश्न- ‘प्रचण्डलाई हतकडी लाग्याे भने ओलीलाई किन लाग्दैन ?’

    माओवादी नेता खगराजकाे प्रश्न- ‘प्रचण्डलाई हतकडी लाग्याे भने ओलीलाई किन लाग्दैन ?’

    2.1K
    Shares
    माओवादी नेता खगराजकाे प्रश्न- ‘प्रचण्डलाई हतकडी लाग्याे भने ओलीलाई किन लाग्दैन ?’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् सुदूरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्ट विनोदले संक्रमणकालीन मुद्दाहरुलाई कुनै नेता विशेषलाई हतकडी लगाउने विषयतिर लैजान खोजिनु दुखद् र मुर्खतापूर्ण भएको भन्दै उनले माओवादी मात्रैलाई लक्षित गरि अध्यक्ष प्रचण्डलाई हतकडी लगाउन खोज्छु भन्नु ‘लहरो तान्दा पहरो जाने’ विषय भएकोले राज्यका तत्कालीन कुनै पनि अङ्ग द्वन्द्वकालीन विषयबाट अछुतो नरहेको धारणा व्यक्त गरेका छन् ।

    द्वन्द्वकालीन मुद्दाका विषयमा मंगलबार सुनौलो नेपालसँग कुराकानी गर्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका ईन्चार्ज भट्टले राज्य परिवर्तनका क्रममा भएका राजनीतिक घटनालाई लिएर कुनै नेता वा पार्टीलाई सिध्याउन खोज्ने र तरवारका रुपमा प्रयोग गर्न खोज्नु गलत हुने प्रतिक्रिया दिएका हुन् ।

    भट्टले नेकपा एमाले पार्टीकै कारण द्वन्द्वकालीन मुद्दाहरुको निरुणमा ढिलाई भएको आरोप समेत लगाएका छन् । ‘हामीले पटक पटक द्वन्द्वकालीन विषयलाई समाधान गर्न कोशिस नगरेका होइनौं, शान्ति प्रक्रियालाई टुंग्याउने सवालमा एमालेले साथ दिएन’ नेता भट्टले भने । सम्मानीत सर्वोच्च अदालतको नियमित प्रक्रियाबाट संक्रणकालीन न्यायको विषय हल गर्न खोज्नु मुर्खता भएको जिकिर गर्दै बृहत शान्ति सम्झौताको मर्म र भावना विपरित गएर निर्णय गर्न खोजिएमा देश अर्को ठूलो अँध्यारो भड्खालोमा जानसक्ने भट्टको भनाइ छ ।

    राजनीतिक  रुपान्तरणको  परिघटनालाई  नियमित  कानुनी र  अदालतीय  प्रक्रियामा  लैजान  खोजेको प्रति  असन्तुष्टि  व्यक्त गर्दै नेता  भट्टले ,‘प्रचण्डलाई लाग्ने हतकडी बालकोटतिर सोझिदैन ?’, भन्ने प्रति–प्रश्न समेत गरे । माओवादी आन्दोलनले देशमा आमूल परिवर्तन ल्याएको र राज्य एकात्मक व्यवस्थाबाट संघात्मक, समानुपातिक राज्य व्यवस्थामा गएको बताउँदै उनले परिवर्तन नचाहने शक्तिहरुले बेलाबखत द्वन्द्वकालीन विषयलाई नेताको घाँटीमा हतियार राखेजस्तो गर्ने विषय बनाउन खोज्ने प्रवृत्ति देखिएको प्रति आक्रोश प्रकट गरे । ‘जनताको स्वविवेकसहितको संविधान बनाउने व्यवस्था हामीले ल्याएका हौँ’, ‘जनताको सर्वोच्चतालाई कायम गर्ने पार्टी र उसको नेतालाई गलहत्याउन खोज्नु दुर्भाग्यपूर्ण हुन्छ’ नेता भट्टले ।

    माओवादी र अध्यक्ष प्रचण्डको नेतृत्वदायी भूमिकाले नै यत्रो ठूलो परिवर्तन संस्थागत भएको दाबी गर्दै प्राप्त राजनीतिक तथा सामाजिक उपलब्धीलाई समाप्त पारेर देशलाई अराजकता र अस्थीरतातर्फ धकेल्न एमाले लगायत केही अभियान्तालाई विदेशी शक्तिले षडयन्त्रपूर्वक परिचालन गरिरहेको र त्यस भ्रमपूर्ण जाल चिर्न आम नेपाली जनता सचेत रहेको उल्लेख गरे ।

    उनले संक्रमणकालीन न्यायका विषयलाई छिनोफाँनो लगाउन राष्ट्रिय सहमतिको आधारमा कतिपय कानुन संशोधन गर्नुपर्ने भएकोले राष्ट्रिय सहमतिको टड्कारो आवश्यकता रहेको समेत औँल्याए ।

    पछिल्लो राजनीतिक समिकरण संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पुर्‍याउन र संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका केही आधारभूत बुद्धालाई संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारीमा वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार रहेको बताए । द्वन्द्वमा पिडित परिवारले न्याय पाउनुपर्ने विषयमा वर्तमान सरकार र माओवादी केन्द्र पूर्ण प्रतिबद्ध रहेको जनाउँदै उनले वास्तवित पिडितका परिवारलाइ न्यायको अनुभूति दिलाउनेगरी द्वन्द्वकालीन घटनालाई छिट्टै टुंग्याईने बताए ।

    फरक प्रसङ्गमा नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका भट्टले शिर्ष नेतृत्व तहमा भएको सहमति, समझारीको मूल स्प्रीडमा नै केन्द्र र सातैप्रदेशमा सरकारलाई पूर्णता दिईने बताए । उनले सुदूरपश्चिम प्रदेशमा मूख्यमन्त्री नेकपा माओवादी केन्द्रले पाउनुपर्ने दावी पहिले देखि नै रहदैँ आएको र पछिल्लो समय फेरिएको राष्ट्रिय राजनीतिक परिस्थितिका आधारमा सुदूरपश्चिममा नेपाली काँग्रेसका नेता कमल शाहलाई विश्वासको मत दिइएको बताए ।

    आफ्नो पार्टी माओवादी केन्द्रको मात्रै नभई तत्कालीन माओवादी– काँग्रेस लगायतको साँझा गठबन्धनकै मूख्यमन्त्रीको प्रस्तावित उम्मेदवार भएतापनि पछिल्लो अवस्थामा फेरिएको राजनीतिक परिवेशका कारणले त्यो कार्यान्वयन गर्न तत्काल सम्भव नदेखिएको उल्लेख गर्दै यसपछि आधा कार्यकाल माओवादी केन्द्रले पाउने भन्ने विषय रहेकोले मूख्यमन्त्री आफू बन्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपतिको चुनाव लगत्तै गठबन्धनको शिर्ष नेतृत्व तहमा समझदारी जुट्ने र सोही मुताविक प्रदेशमा पनि सबै सत्ताघटकलाई स्वीकार्य हुनेगरी प्रदेश सरकारलाई पूर्णता दिइने नेता भट्टले दोहोर्‍याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend