logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीमाथि नै मुद्धा लगाइएकोमा बास्तोलाको आपत्ति

    गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीमाथि नै मुद्धा लगाइएकोमा बास्तोलाको आपत्ति

    2K
    Shares
    गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीमाथि नै मुद्धा लगाइएकोमा बास्तोलाको आपत्ति

    काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्धा लगाइएको भन्दै आपत्ति जनाएका छन् । शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, “यो परिवर्तन ल्याउने माओवादी, बलिदान गर्ने माओवादी, जनताको पक्षको लड्ने माओवादी तर माओवादीमाथि नै मुद्धा, यो भन्दा ठूलो अत्याचार अरु के हुन्छ ?”

    बास्तोलाले प्रचण्डविरुद्ध अदालतमा मुद्धा दर्ता भएपछि माओवादीहरु डराएको भन्ने हल्ला चलाइएको बताउँदै बास्तोलाले भने, “यहाँ माओवादी डराएको भनेर हल्ला चलाइएको छ, हामी डराएका छैनौं, जनयुद्ध सुरु गर्दा जनतालाई मुक्त गर्ने कसम खाएको र अपील गर्नेमध्ये म पनि हुँ, यस्ता मुद्धाबाट डराएको होइन, शान्ति प्रक्रियाकामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्छ भन्ने हाम्रो विषय हो ।” उनले अहिले व्यवस्था दलाल पुँजीपति वर्गको हातमा पुगेको भन्दै त्यसविरुद्ध आफूहरु उभिएको बताए ।

    शान्ति प्रक्रियाका एजेण्डा बाहेक अरु विषयमा प्रचण्डसँग राजनीतिक विषयमा आफूहरुको कुनै छलफल नभएको समेत बास्तोलाले बताए । बास्तोलाले माओवादीमात्र होइन आफैले बनाएको संविधान, आफैले हस्ताक्षर गरेको शान्ति सम्झौताका विरुद्ध जानेहरु पनि यसको भागिदार हुने चेतावनी समेत दिए । उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु¥याउने विषयमा आफूहरुको साथ र सहयोग हुने बताए ।

    नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले अदालतले राजनीति गर्न खोजेको बताए । उनले राजनीतिक विषयलाई राजनीतिक विषयभन्दा कानुनी विषयमा हल गर्न खोजिएकोले समस्या पैदा भएको बताए ।

    माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले जनयुद्धको गौरवपूर्ण इतिहासलाई संविधानले स्वीकार गरिसकेको बताउँदै द्वन्द्वका पीडितहरुलाई न्याय नियमित अदालतमा दिन नमिल्ने बताए ।

    कार्यक्रममा नेकपा (माओवादी) का अध्यक्ष गोपाल पोखरेल, नारायणप्रसाद धिमाल, चन्द्रहरी सुवेदीले जनयुद्धकालिन मुद्धालाई नियमति अदालतमा लगे फेरि नेपाल द्वन्द्वमा फस्ने चेतावनी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend