आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

देशभरका अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचन सुरू, केहीमा स्थगित

देशभरका अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचन सुरू, केहीमा स्थगित

काठमाडौँ । देशभरका अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचन सुरू भएको छ ।

देशैभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण केही क्याम्पसहरूमा भने निर्वाचन नहुने भएको छ ।

पहिलोपटक स्ववियु नेतृत्व मिश्रित निर्वाचन प्रणालीमार्फत आउने छन्। जसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर नेतृत्वमा पुग्नेछन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend