काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संसदीय अभ्यासमा ‘गोज्याङ्ग्रो’ खेलाडीको संज्ञा दिएका छन् ।
सुनौलो नेपालसँगको अन्तर्वार्तामा ‘केपी ओलीलाई चतुर खेलाडीको रुपमा लिइन्छ नि ?’ भन्ने प्रश्नमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘कसरी हुन्छ चतुर खेलाडी ? दुई महिनासमेत सत्ता टिकाउन नसक्ने खेलाडी त्यो चतुर खेलाडी हो ? दोस्रो ठूलो दल जसको उपस्थिती कहिँ हुँदैन, तीन/चार वटा प्रदेशको मुख्यमन्त्री गुम्दैछ भने कसरी भयो चुतर ?’
वास्तवमा धोकेबाज भनेकै केपी ओली भएको बताउँदै उनले बदला लिन र जवाफ दिन सक्ने माहिर खेलाडी प्रचण्ड भएको बताए । त्यस्तै अन्तर्वार्ताकै क्रममा सांसद चौधरीले आफ्नो पार्टीले राष्ट्रपति पद नलिएर त्याग गरेको तर यसमा क्षतिपूर्ती हुने पर्ने माग गरे । बाँकी अन्तर्वार्तामा हेर्नुहोस् :-