आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

औपचारिक कार्यक्रम गरेर मनाइयो घोडेजात्रा

औपचारिक कार्यक्रम गरेर मनाइयो घोडेजात्रा

काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ । अघिल्ला वर्षहरुमाझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रिहरु, कर्मचारी प्रशासनका पदाधिकारीहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु लगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रश्तुत गरेको थियो । साथै समारोहमा नृत्य समेत प्रश्तुत गरिएको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend