logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारको सामाजिक सुरक्षा सम्बन्धि दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्छ : मुख्यसचिव बैरागी

    सरकारको सामाजिक सुरक्षा सम्बन्धि दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्छ : मुख्यसचिव बैरागी

    1.9K
    Shares
    सरकारको सामाजिक सुरक्षा सम्बन्धि दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्छ : मुख्यसचिव बैरागी

    काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले सामाजिक सुरक्षामा सरकारको दायित्व सामाजिक सुरक्षा योजनाबाट कम गर्नुपर्ने बताएका छन् । बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको बताए । उनले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको भन्दै वर्षैपच्छिे सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा चाप पर्ने गरेको बताए । मुख्यसचिव बैरागीले सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई कम गर्दैै लैजान सक्नुपर्ने बताए । उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्न सहयोग पुग्ने बताए । उनले राष्ट्रिय पुँजी पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुनेसक्ने उल्लेख गरे । उनले तरलता व्यवस्थापन गर्न पनि कोषको महत्वपूर्ण भुमिका खुल्ने बताए । उनले अनौपचारिक क्षेत्रमा कार्यरत र स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिए भन्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउनु राम्रो भएको बताए ।

    उनले भने,‘अनौपचारिक क्षेत्रमा कार्यरत स्वरोजगारमा आवद्ध व्यक्तिहरुको सामाजिक सुरक्षाको कुनैपनि सामाजिक सुरक्षाको दायरामा समेट्न नसकिएको परिप्रेक्ष्यमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा ल्याउने नयाँ व्यवस्था गरेको छ । सरकारको सामाजिक सुरक्षा दायित्वको लागत बढ्दै गएको छ । अहिले कुल गार्हस्थ्य उत्पादनको ५.१८ प्रतिशत र राष्ट्रिय बजेटको १२ प्रतिशत माथि सामाजिक सुरक्षाको क्षेत्रमा खर्च भएको छ । वर्षैपच्छिे यसरी सामाजिक सुरक्षामा खर्च बढ्दै जाँदा बजेटको स्रोतमा भारी चाप पर्छ । सामाजिक सुरक्षाको दायरालाई बिस्तार गरी सरकारको सामाजिक सुरक्षाको दायित्वलाई सामाजिक सुरक्षाको माध्यमबाट कम गर्दैै लैजान सकियो भने भोलि नागरिकलाई अफ्ठ्यारो गर्दा कोषको माध्यमबाट समस्या सम्बोधन हुनसक्ने भएकाले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजानुपर्छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनामा आवद्ध गराउँदा राष्ट्रिय पुँजीको निर्माण गर्नेछ । राष्ट्रिय पुँजीको प्रयोग सरकारले अन्य क्षेत्रमा प्रयोग गर्नसक्यौं भने पूर्वाधार निर्माण र सामाजिक सुधारमा खर्च गर्नसके पुँजीको अभावबाट परेको समस्या सहज हुन्छ । तरलता व्यवस्थापन गर्नपनि कोषको महत्वपूर्ण भुमिका रहन्छ । सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी छ ।’

    उनले सामाजिक सुरक्षा कोषलाई सबै पक्षबाट सहयोग र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले सामाजिक सुरक्षा दायरा बढाउँदै सामाजिक संरक्षण दिगो र उत्पादनमुखी बनाउन सामाजिक सुरक्षा ऐन पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend