logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेप्से परिसूचक १५.७६ अंकले गिरावट

    नेप्से परिसूचक १५.७६ अंकले गिरावट

    2.2K
    Shares
    नेप्से परिसूचक १५.७६ अंकले गिरावट

    काठमाडौँ । मंगलवार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अंकले गिरावट आएको छ ।
    पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ । उक्त उदारचढावकाबीच बुधवार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ ।

    बुधवार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ । मंगलवार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो ।

    बुधवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन,जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

    बुधवार नेप्से घटेपनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बोटलर्स नेपालको शेयरमूल्य ७.६२ प्रतिशत घटेको छ । बुधवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend