logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • भरतपुर महानगर : सडक निर्माण तीब्र

    भरतपुर महानगर : सडक निर्माण तीब्र

    2.3K
    Shares
    भरतपुर महानगर : सडक निर्माण तीब्र

    चितवन । एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भरतपुर महानगरपालिकाका दुई सडक आज शिलान्यास गरिएको छ । भरतपुर –२५ विशाल चोकदेखि कुमारी चोक हुँदै देवीस्थान, छतलेचोकबाट बेतली खोलाको पुलसम्म जोड्ने पाँच दशमलव छ किमी सडक र भरतपुर – ९ को तीनतले चोकदेखि काँडाघारी हुँदै एपोलो पेन्टसम्मको करिब एक दशमलव दुई किमी सडक निर्माण हुन लागेको हो ।

    सघन सहरी तथा भवन निर्माण आयोजनाले सडक निर्माण गर्नेछ । ती दुबै सडक निर्माणका लागि महालक्ष्मी/ओम सत्य साइ जेभी भरतपुरले जिम्मा पाएको छ । वडा नम्बर २५ को सडक निर्माणका लागि करबाहेक रु १० करोड ८६ लाख ५३ हजार चार सय ३५ र वडा नम्बर ९ को सडक करबाहेक रु दुई करोड १९ लाख आठ हजार नौ सय ९३ लागतमा निर्माण हुने जनाइएको छ ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ती सडकको शिलान्यास गर्दै महानगरलाई ‘स्मार्ट सिटी’ निर्माणका क्रममा सडक निर्माण तीव्र बनाइएको बताइन् । उनले भनिन्, “अहिलेको प्याकेजमा सडक निर्माण, नारायणी नदी किनार आरतीस्थल निर्माण, बसपार्क निर्माणलगायतका क्षेत्रमा काम हुँदैछ ।” महानगरपालिकाभित्र रिङरोड र लिङ्क रोड निर्माण अघि बढिरहेको उनको भनाइ छ ।

    कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले विकासका हरेक गतिविधिमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, “समयमा काम सक्नुस् । हामी सम्मान गर्छौं ।” सडक कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका लेखा अधिकृत ओमबहादुर खड्का, वडा नम्बर ८ का वडाध्यक्ष जीवनाथ कँडेल, वडा नम्बर ९ का वडाध्यक्ष यमलाल कँडेल, वडा नम्बर २५ का वडाध्यक्ष छविलाल सापकोटा, पूर्वअध्यक्ष विजय भुजेललगायतले सडक समग्र विकासको पूर्वाधार भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend