logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • नवनिर्मित भरतपुर आँखा अस्पतालको प्रधानमन्त्रीद्वारा उद्घाटन

    नवनिर्मित भरतपुर आँखा अस्पतालको प्रधानमन्त्रीद्वारा उद्घाटन

    2.3K
    Shares
    नवनिर्मित भरतपुर आँखा अस्पतालको प्रधानमन्त्रीद्वारा उद्घाटन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

    भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

    आँखा अस्पतालको भवन साढे ३ तलाको सुविधा सम्पन्न रहेको छ । १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन निर्माण गरिएको हो ।

    भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

    पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष ९३ मोडुलर, १ सेप्टिक ओ।टी० र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend