
मंसिर 8 काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएपछि नेकपाले विरोध जनाएको छ। देउवाले भारतले हालै मात्र नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेर नक्सा सार्वजनिक गर्नुमा ओलीको पनि सहमति भएको बताएका थिए ।
देउवाको यस्तो अभिव्यक्तिप्रति सत्तारुढ नेकपाले विरोध जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली कांग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्र म ओली माथि आरोपित गर्दै पुर्ब प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ।तात्कलिक तुच्छ स्वार्थ(चुनाव)का लागि राष्ट्रियता जस्तो सँबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ।अझै चेतेनन्।
भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्र म ओली माथि आरोपित गर्दै पुर्ब प्रम देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ।तात्कलिक तुच्छ स्वार्थ(चुनाव)का लागि राष्ट्रियता जस्तो सँबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ।अझै चेतेनन्।
— NKShresthaPrakash (@nksthaprakash) November 23, 2019
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend