आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि , काठमाडौंका यी क्षेत्रमा आइतबारसम्म सडक प्रभावित हुने

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि , काठमाडौंका यी क्षेत्रमा आइतबारसम्म सडक प्रभावित हुने

काठमाडौं । काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि आइतबारसम्म काठमाडौंका केही सडकमा सवारी आवगमन प्रभावित हुनसक्ने जनाएको छ ।

सेतो मच्छिन्द्रनाथको रथजात्राका कारण आइतबारसम्म सवारी आवगमन प्रभावित हुने छ । रथ यात्रा हुने सडकमा सबै प्रकारका सवारी साधनहरूलाई प्रवेशमा निषेध गरिएको महानगरद्धारा जारी सूचनामा उल्लेख छ ।

सूचना अनुसार आज तीनधारा पाठशाला, घण्टाघर, रत्नपार्क, भोटाहिटी, असनको सडक प्रभावित हुनेछ । चैत १६ गते असन, केलटोल, इन्द्रचोक, मखन, हनुमाढोका दरबार परिसर, चैत १७ गते हनुमानढोका दरबार परिसर, मरू टोल, चिकँमुगल, जैसीदेवल, ज्याबहाल, लगन चोकमा रथयात्रा हुनेछ ।

महानरगका अनुसार चैत १८ गते लगन चोक र १९ गते लगन चोक दलाछि ह्युमत जैसीदेवल कोहिटी भीमसेनस्थान मरु टोलमा रथ यात्रा हुने भएकाले रथयात्राको समय उक्त क्षेत्रमा कुनै पनि प्रकारका सवारी प्रवेश गर्न दिइने छैन ।

आजदेखि काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend