logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

    सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

    2.6K
    Shares
    सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

    काठमाडौं । काठमाडौँको बौद्धमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि बौद्धको तारागाउँ सङ्ग्रहालयमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको हो ।

    उक्त कला प्रदर्शनीको भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले कला प्रदर्शनीले नेपाल भारतबीचको सम्बन्धलाई थप मजबुद बनाउने विश्वास व्यक्त गरे ।

    सो प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतको मित्रता झल्काउने तथा दुई देशका स्मारकसम्बन्धी तयार पारिएका ३८ कलाकृति राखिएका छन् । उक्त कला प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend