logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

    नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

    1.6K
    Shares
    नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम खुम्चियो

    काठमाडाै‌ । आज पुँजीबजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ०२ अंकले बढेर एक हजार नौ सय १९ दशमलव ४२ अंकमा कायम भएको छ ।

    आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको छ ।
    आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अंकले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव १४, लघुवित्त समूह ६ दशमलव ५४ र अन्य समूह सात दशमलव ५८ अंकले बढेको छ ।

    आज उपसूचक घट्नेमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ७९ र व्यापार समूहको उपसूचक १९ दशमलव ०७ अंकले घटेको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव १५, विकास बैंक समूह १५ दशमलव ७८, वित्त समूह पाँच दशमलव ६१, जलविद्युत् समूह एक दशमलव ०९, उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ९३ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०२ अंकले घटेको छ ।

    आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

    एनआइसी एसिया लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ५६ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने ग्लोबल आईएमई बैंक प्रमोटर शेयर एक लाख पाँच हजार एक सय ५२ कित्ता खरिदबिक्री भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend