शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुई बोक्ने विधार्थीले पेस्तोल बोक्दैनन, अनेक षड्यन्त्र गरेर विद्यार्थीको संघर्ष तुवाउने सपना नदेखियोस ! (भिडियो)

सुई बोक्ने विधार्थीले पेस्तोल बोक्दैनन, अनेक षड्यन्त्र गरेर विद्यार्थीको संघर्ष तुवाउने सपना नदेखियोस ! (भिडियो)

मंसिर ९ काठमाडौं चितवन मेडिकल कलेजको छात्रवासमा कलेज प्रशासनलेनै पेस्तोल राखेर विद्यार्थीहरुलाई फसाउन खोजेको आरोप विद्यार्थीहरुले लगाएका छन्। चितवन प्रहरीले भरतपुर कैलाशनगरमा रहेको कलेजको होस्टलबाट एउटा पेस्तोल र केही थान गाली बरामद गरेको थियो।

कलेज परिसरभित्र प्रहरी छिरेर गरेको अनुसन्धान नामक भ्रामक षड्यन्त्र गरि कलेज प्रशासन स्वयंले हतियार ल्याएको उनीहरुको आरोप छ। उनिहरुले मेडिकल माफियाहरुलाई अनेक षड्यन्त्र गरे विद्यार्थीहरुको संघर्ष तुवाउने सपना नदेख्न पनि चेतावनी छन् ।

सीएमसी प्रशासनले विद्यार्थीको आवाज जती दबाउन खोज्छ आफुहरुको आत्माबल त्यती नै बढ्दै जाने उनीहरुको भनाइ छ। मेडिकल माफियाहरुले अनेक षड्यन्त्र गरेर, कहिले दमन गरेर, कहिले विद्यार्थीमाथि लाट्ठी चार्ज गरेर हामीलाई दबाउन सक्छौ भन्ने नसोच्न पनि चेतावनी दिएका छन्। उनीहरुले चितवन प्रहरी प्रमुख दान बहादुर मल्ललाई समेत माफियासंग मिलेर अनेक प्रपंच रची आफुहरुलाई फसाउन लागिपरेको आरोप लगाए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend