शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्था स्थिर: चिकित्सक

प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्था स्थिर: चिकित्सक

मंसिर १० काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँका उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ ।

उहाँको आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरिएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तमकृष्ण श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा जानुभएको थियो ।

विज्ञ टोलीले उहाँको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न हुनुहुन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend