मंसिर ११ काठमाडौं नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सानदार सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको हो ।
नेपालले २५–९, २५-९ र २५-११ ले हाराएको हो । घरेलु कोर्टमा नेपाल महिला टोली सुरुवातदेखि नै दवाव कायम गरेका थिए । बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५-९ अन्तरले जितेको थियो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको हार टार्न भने सकेन ।