सुनौलो नेपाल, आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीलाई उनि आबद्ध नेपालकालागि नेपाली अभियानबाट निकालिएका छन ।नेपालकालागि नेपालीको मङ्सिर ११ गते बसेको केन्द्रिय कार्य समितिको बैठकबाट ज्ञानेन्द्र शाही र अभियानका अन्य सदस्यको बैचारिक धारणा नमिलेको बताईएको छ ।
बैठकपछि नेपालका लागी नेपाली अभियानको कार्यलयले एक बिज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीले २०७६ मंसीर ११ गतेदेखी दिने कुनै पनि अभिब्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम नेपालका लागी नेपालीको कुनै समर्थन नरहने समेत बताएको छ