logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

    मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

    2.2K
    Shares
    मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला

    काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

    कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।

    यसमध्ये सामूहिक लगानी कोषमा ५ प्रतिशत अर्थात ८० हजार कित्ता र कर्मचारीहरूका लागि २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर छुटाइएको छ भने बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा चैत २२ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ ।

    कम्पनीका अनुसार उक्त अवधिसम्म सबै सेयर बिक्री नभए २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

    यसअघि यस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरिसकेको छ ।

    यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend