शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दाता भेटिए

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दाता भेटिए

मंसिर १२ काठमाडौं प्रधानमन्त्री ओलीका लागि नयाँ मिर्गौला दिनका लागि नयाँ मिर्गौला दिने नातेदारको स्वास्थ्य परीक्षण भइरहेको छ । पेटको आकिस्मक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरु खोजिसकिएको थाहा भएको छ ।

नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले रिजेक्ट गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निर्णयमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एक जना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर काटेकी छन् भने घरतर्फ नाता पर्ने झापाकी युवती ३५ वर्षमूनिकी छिन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend