
मंसिर १३ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भैरहेको अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजि चिकित्सक डाक्टर दिव्या सिंहले सोचेको भन्दाबढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिएकी छिन।
‘प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार भएको छ,’ शाहले भनिन्, ‘रगत, पिसाबको सबै रिपोर्ट नर्मल आएको छ । शल्यक्रिया गरेको घाउको कारण उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्छ ।’ सिंहले ओलीको मृगाैलाले अलिअलि काम गरिरहेको र समस्या आउन नदिन अप्रेशन गरिएको पनि जानकारी दिइन।
मंगलबार बिहान पेट दुखेपछि प्रधानमन्त्रीलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक सेन्टरमा लगिएको थियो । उनलाई एपेन्डिसाइटिस भएपछि सोहि दिन दिउँसो शल्यक्रिया गरिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend