
मंसिर १३ काठमाडौं ग्रामिण क्षेत्रका गाउँहरु बिदेश र शहरको मोहले रित्तिदै गहिरहेको बेला बाग्लुङ्गको बरेङ गाउँपालिका १ लिउँवामा एउटा समूह निर्माण गरी ब्यवसायीक भैंसीपालन सुरु भएको छ।
पछिल्लो समय कृषि पेशा आत्मसम्मानरहित र निरासाजनक भईरहेको बेला गलत मानसिकतालाई तोड्न र कृषि पेसामा अगाडि बढ्नु आवश्यकता रहेको ठहर गर्दै समूह निर्माण गरि ब्यवसायीक रुपमा दूध उत्पादन गर्न सुरु गरेको संचालक मध्ये का एक भवानी पौडेलले बताए । पौडेल १० वर्ष खाडीका ओमान, मलेसिया, कतार लगाएतका देशमा काम गरि फर्किएका हुन्।
निर्वाहमुखि कृषिबाट परिवर्तित भई ब्यवसायीक बनी आयआर्जन गर्नुपर्ने उनको धारणा रहेको छ। लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूह नाम दिई संचालन गरेको समुहमा अहिले दस वटा लैना भैंसीबाट दूध उत्पादन लिईरहेको छ।
दैनिक चालीस लिटर दूध जैमिनी नगरपालिकाको केन्द्र कुश्मिशेरामा खपत भएको र त्यसलाई बढाएर दैनिक सय लिटर दूध उत्पादन गर्ने उदेश्य रहेको संचालक तथा गोठ ब्यवस्थापक कुलराज पौडेलले जानकारी दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend