काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ ।
सोमबार दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित युवराज पौडेल सफलले सोमबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।