सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सभापति रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

सभापति रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।

लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको हो । रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो ।

तर सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् ।

अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गरेका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend