logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कास्की २ उपनिर्वाचन: ६० प्रतिशत मत खस्यो ! कसले मार्ला बाजी ?

    कास्की २ उपनिर्वाचन: ६० प्रतिशत मत खस्यो ! कसले मार्ला बाजी ?

    2.4K
    Shares

    मंसिर १४ काठमाडौं कास्की क्षेत्र नं २ मा आज बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य पदका लागि मतदान शुरु भएको छ । यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको हो।मतदानस्थलमा सुरक्षाको व्यवस्था कडा बनाइएको छ ।

    दिउँसो साढे २ बजेसम्म ६० प्रतिशत मतदान भएको छ। उपचुनावअन्तर्गत कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान भैरहेको छ। उपचुनाव भैरहेका कास्कीका ४ मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । पोखरा महानगरपालिका नयाँबजार, बाघमारा, अर्मला र बाटुलेचौरमा बम विस्फोट भएको हो । पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात मावि, पोखरा महानगरपालिका ३३ को सरस्वती टीका मावि, वडा नम्बर १६ मा रहेको शान्ति मावि र बाटुलेचौरमा रहेको चण्डिका प्रावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा पर्छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन् । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

    कास्की नेकपाले लगातार तीन पटक चुनाव जितेको क्षेत्र हो। बीचमा एकपटक कांग्रेसले किल्ला तोडेको यो ठाउँमा त्यसअघि पनि नेकपाले नै चुनाव जितेको थियो। २०४८ देखि हालसम्म ६ वटा संसदीय चुनाव हुँदा पाँच पटक नेकपाले जितेको छ भने एकपटक मात्रै कांग्रेसको पोेल्टामा परेको थियो। चुनावका लागि मौनअवधि सुरु हुनै लाग्दा दल तथा स्वतन्त्र उम्मेदवारहरूले अन्तिम सभा र भेटघाट गरिरहेका छन्।

    अधिकांशको मत नेकपाले चुनाव जित्नेमा छ भने केहीले कांग्रेस विजयी हुने आँकलन पनि गरिरहेका छन्। बास्तबिक नतिजा के हुन्छ त्यो केहि समयमा नै थाहा पाइएला।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend