शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ज्ञानेन्द्र शाहीले अभियन्ताको सम्पति छानबिन गर्ने कुरा कहिल्यै गरेनन ! (भिडियो)

ज्ञानेन्द्र शाहीले अभियन्ताको सम्पति छानबिन गर्ने कुरा कहिल्यै गरेनन ! (भिडियो)

मंसिर १४ काठमाडौं नेपालका लागि नेपाली अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । गत बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ।

यहि बिषयमा उक्त अभियानका संयोजक डा. सुरेन्द्र भण्डारीले शाहीले संगठनको जिम्मेवारी र नीति निर्देशन नमानेकोले उनलाई हटाइएको बताएका छन्। उनले अभियानले गणतन्त्र र राजतन्त्रका फिचरमा ‘फ्युजन’ हुनुपर्ने भन्दै लामो समयदेखि स्थायी संरचनाको वकालत गरेको तर शाहीले यसमा मतभेद राखेको बताएका छन्। उनले शाहीले कहिल्यै पनि अभियन्ताको सम्पति छानबिनको कुरा नउठाएको पनि दाबी गरेका छन।

हामीले स्वतन्त्र व्यक्ति राष्ट्रप्रमुख हुने तर त्यो व्यक्ति पृथ्वीनारायण शाहको बंशज हुनुपर्छ भन्ने कुरामा उहाँको असहमति रह्यो भण्डारीले भने शाहीले अभियान नै मेरो हो भन्ने अहम भावना राख्नुभो त्यसैले उहाँलाई हटाएका हौं।

भण्डारीले शाहीले वाइसीएल, युथफोर्सजस्तो प्रतिकारमा उत्रिने खालको युवा दस्ता बनाउन खोजेकाले यो अभियानको मर्मविपरित भएको बताए। तर, शाहीलाई अभियानको साधारण सदस्यबाट भने निष्कासन गरिनसकिएको भण्डारीले बताए। हेर्नुहोस् सुनौलो नेपालका लागि महेश पौडेलले डा. भण्डारीसंग गरेको कुराकानी:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend