logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छ : व्यवसायी घिमिरे

    महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छ : व्यवसायी घिमिरे

    1.7K
    Shares
    महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्नुपर्छ : व्यवसायी घिमिरे

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फका सदस्य पदका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले अहिलेको आर्थिक अवस्था संकटग्रस्त रहेकाले नयाँ नेतृत्वले निजी क्षेत्रको हक हीतका लागि युद्धस्तरको काम गर्न जरुरी रहेको बताएका छन् ।

    विगतको नेपाल उद्योग वाणिज्य महासंघको भुमिका र अब आउने अबको नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको नेतृत्वको भुमिकामा आकाश पातालको फरक हुनुपर्ने बताए । उनले संरक्षण भनिएको संस्थाबाट संरक्षकत्व हुन नसके सम्पूर्ण व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना हुने दाबी गरे । उनले आर्थिक अवस्था कमजोर भइरहेको बेलामा महासंघको नेतृत्व स्वभाविक रुपबाट चयन हुनुपर्ने भएपनि त्यसो हन नसकेको बताए । उनले विगतमा महासंघले सरकारको आर्थिक सल्लाहकारको रुपमा काम गरेपनि पछिल्लो समय महासंघको साख खस्किँदै गएको बताए ।

    उनले भने, ‘विगतको नेपाल उद्योग वाणिज्य महासंघको भुमिका र अब आउने अबको नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको नेतृत्वको भुमिका भनेको आकाश पातालको फरक छ । अत्यन्त युद्धस्तरमा कामहरु गर्नुपर्नेछ । त्यसो गर्न नसके संरक्षण भनिएको संस्थाबाट संरक्षकत्व हुँदैन । सम्पूर्ण व्यवसायीहरु पलायन हुने अवस्था हुन्छ । यस्तो कठिन मोडमा यो चुनाव नै हुनु हुँदैन थियो । निजी क्षेत्रको छाता संगठन यो परिस्थितिमा स्वभाविक रुपमा नेतृत्व चयन हुनुपर्दथ्यो, त्यो हुन सकेन । यस्तो अवस्थामा फरक भुमिकाबाट अघि लिएर जानुपर्छ, त्यसैले सजग भएर आजको लागि आवश्यक नेतृत्व चयन गर्नुपर्छ । विगतमा नेपाल सरकारको आर्थिक सल्लाहकारको रुपमा नेपाल उद्योग वाणिज्य महासंघ हुने गर्दथ्यो तर अहिले आउँदा त्यसको साख अहिल खस्किँदै गएको छ, नेतृत्वमा कमी भएको होला । यसअघिका नेतृत्व निजी क्षेत्रको संरक्षकत्व बन्न नसकेको बाधक विधान नै हो । नेपाल उद्योग वाणिज्य महासंघको विधानमा आजको समय सान्दर्भिक छैन । त्यसले पनि फरक पारिरहेको छ ।’

    उम्मेदवार घिमिरेले महासंघ यसअघि निजी क्षेत्रको संरक्षकत्व बन्न नसक्नुको बाधक विधान भएकाले समयानुसार विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend