logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयर २८ दशमलव ३१ अङ्कले घटेर ओरालो

    शेयर २८ दशमलव ३१ अङ्कले घटेर ओरालो

    2K
    Shares
    शेयर २८ दशमलव ३१ अङ्कले घटेर ओरालो

    काठमाण्डौ । साताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ विन्दुमा झरेको छ ।

    आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स, जलविद्युत् र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ ।

    आज दुई सय ६८ वटा कम्पनीका ३८ लाख ४३ हजार कित्ता शेयर एक अर्ब १५ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट र नबिल बैंकको पाँच करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै मायाखोला जलविद्युत् कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरै तथा सामुदायिक लघुवित्त, सिँगटी हाइड्रो, मिथिला लघुवित्त र इस्टर्न हाइड्रो कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend